logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड चढेको हेलिकप्टर आकस्मिक सल्यान अवतरण, यस्तो छ पछिल्लो अवस्था


  • राजनीति
  • मंगलबार, कार्तिक २२ २०७९

चुनावी देशदाैदाहमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।

प्रचण्ड सचिवालयका अनुसार हेलिकोप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको छ ।

गोरखाको चुनावी कार्यक्रम सकेर उनी आज कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार