logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपालगन्ज बम बिस्फोटका दुई घाइते को हुन ?


  • राजनीति
  • बुधबार, कार्तिक ३० २०७९

नेपालगञ्जमा बम बिस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिस्फोट भएको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपाको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जनाइएको छ ।

प्रेसर कुकर बम बिस्फोट हुँदा क्षेत्री र धर्म सुनार घाइते भएका छन् । सुनारको अवस्था गम्भीर रहेको छ ।

घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि सुनारलाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ । विप्लव नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ ।

चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । file photo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार