राजनीति
अहिले भखरै नेपालगन्ज उपमहानगर पालिका १० मा सिर्जना मल्लकाे घरमा प्रेसर कुकर बम बिस्पाेट भएको छ । उक्त घरमा २ वटा शक्तिशाली प्रेसर कुकर बम तयारी गर्दै गर्दा एउटा प्रेसर कुकर बम बिस्फोट भएको बताइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिस्फोट भएको हो । उक्त घटनामा २ जना विप्लव नेकपा निकट कार्यकर्ता घाइते भएकाे घटनाका प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । उनिहरुकाे नेपालगंन्ज स्थित अस्पतालमा उपचार भइरहेकाे छ ।
चुनाव नजिकै गर्दा देशब्यापी बम बिस्फोट घटनाहरु व्यापक भएको छन् । आज पुर्वकाे भाेजपुरमा आयाेजित प्रचण्डले सम्बाेधन गर्ने कार्यक्रममा विस्पाेट भएको थियोे । यस्तै आजै दाेलखामा पनि बम बिस्पाेट भएको थियोे ।