logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बालुवाटार जग्गा काण्डमा मुछिएका पाैडेल र मन्त्री श्रेष्ठमाथी नेकपा (बहुमत)काे कार्वाही


  • राजनीति
  • बिहिबार, मंसिर १ २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा तथा विद्यार्थी संगठनले देशव्यापी निर्वाचन अवज्ञा अभियान तिब्र बनाएकाे छ। निर्वाचनकाे मिति नजिकै गर्दा उम्मेदवार बिरुद्ध आक्रमक कार्यक्रम गरिरहेकाे छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलको घरमा कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल दाङले पोख्रेलको घरमा कालो ब्यानर टाँगेको हो ।
‘संसदीय चुनाव अवज्ञा कार्यक्रमअन्तर्गत संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि मङ्सिर ४ को सङ्घ र प्रदेशको चुनाव अवज्ञा गरौँ ! दलाल संसदीय व्यवस्थाका मतियारहरू होसियार ! राष्ट्रघाती, जनघाती उम्मेदवारहरूलाई अवज्ञा गरौँ !!’ लेखिएको कालो ब्यानर उनको घरमा झुन्ड्याइएको छ ।

नेकपा (एमाले) बाट गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका चिन्तामणि पाण्डेलाई नेकपा (बहुमत) ले सामाजिक बहिष्कार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले बुधबार कालो ब्यानर राखी पाण्डेलाई सामाजिक बहिष्कार गरेको हो ।

शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । नेकपा बहुमतको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज र उमेश श्रेष्ठविरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो । यस अघि अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज विरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार