राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिव नवराज भट्ट सहितको टोलीलाइ प्रहरीले गिरफ्तार गरेको छ । दलाल संसदिय ब्यवस्थापको निर्वाचनले जनतालाइ थप महँगी, भ्रष्टाचार र राष्ट्रघात थप्ने भन्दै निर्वाचन बहिष्कार गर्न आव्हान गर्दै माइतीघरमा प्रदर्शन गर्दै गर्दा गिरफ्तार गरेको हो । गिरफ्तार हुनेहरु क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सपना मगर, विरेन्द्र नेपाली, स्मृति कार्की, गणेश थापा, कृष्ण खड्का र वचन रहेकाछन ।