राजनीति
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती व्युरो इन्चार्ज शरद रसाईलीलाई प्रहरीले गिरफतार गरेको छ । रसाईलीसँगै बहुमतका काठमाडौँ इन्चार्ज दिपेन्द्र चलाउने, किसान महासंघका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, भिम बटालालगायत करिब २ दर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै नेकपा (बहुमत) ले आज काठमाडौँमा प्रदर्शन गरेको थियो । प्रर्दशनस्थलबाट बहुमतका नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नवराज भट्ट सहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
दलाल संसदीय ब्यवस्थापको निर्वाचनले देशलाई महँगी, भ्रष्टाचार र राष्ट्रघात थप्ने भन्दै निर्वाचन बहिष्कार गर्न आव्हान् गर्दै माइतीघरमा प्रदर्शन गर्दै गरिरहेका उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।