logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आजको निर्वाचन : ४५ प्रतिशत भाेट खस्दा ७० राउण्ड बढी गाेली चल्याे, ७ दर्जन बढी झडप दर्जनौं गिरफ्तार हेर्नुस् कहाँ के के भयाे ?


  • राजनीति
  • आइतबार, मंसिर ४ २०७९

आजकाे निर्वाचन निरासाजनक मतदाताकाे सहभागीताका बिच अन्तिम चरणमा पुगेकाे छ । २२ राजनीतिक दल र समुहकाे असहमतिका बाबजुद जारी मतदान देशभर हिंसात्मक तथा झडपका बिच अन्तिम चरणमा पुगेकाे छ । आजकाे निर्वाचनमा अहिलेसम्म करिव ४५% मात्रै भाेट खसेकाे छ भने निर्वाचन प्रति मतदाताकाे बितृष्णा स्पष्ट देखपएकाे छ। यसै आज सम्पन्न हुन लागेको निर्वाचनमा मानवीय भाैतिक क्षती नभएपनि देशभर करिव ८० राउण्ड बढी गाेली चलेकाे छ , कतै बम बिस्पाेट, कतै झडप त कतै बिवाद हुदा देशका विभिन्न मतदान केन्द्र मा निर्वाचन स्थगित भएको छ ।

यसैबिच आज भएको निर्वाचनमा दिउँसो साढे ४:२० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताए ।
राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।
दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।

एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।

मतदानाका क्रममा सिराहा मा समाजवादी र मधेशीदल बिच मतपेटिका खाेसाखाेस हुदा गाेली चलेको छ , यस्तै  रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । 

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले  जानकारी दिए । 

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ

यसै बीच सुदूरपश्चिमका विभिन्न जिल्लामा मतदान केन्द्र नजिकै शंकास्पद बस्तु भेटिन थालेका छन् । आज विहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो। अहिले यो क्षेत्रको स्थिति सामान्य रहेको छ। त्यहाँ मतदान कार्य जारी छ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको छ।
प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

त्यस्तैगरी अछामको ढकारी गाउँपालिका २ स्थित कालीका देवी मावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको छ । उक्त बम बिहान ७ बजेतिर फेला परेको र नेपाली सेनाले डिस्पोज गरिसकेको छ । त्यहाँपनि मतदान जारी छ ।

बझाङमा पनि बम फेला परेको छ। जिल्लाको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाल्टिन बमजस्तो वस्तु देखिएको हो। उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको छ। निर्वाचनलाई बिथोल्न उक्त वस्तु राखिएको हुनसक्ने बताइएको छ।

मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो ।

पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ ।

दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो।

बम जस्तो देखिने वस्तु फेला परेसँगै त्यहाँ अहिलेसम्म मतदान हुन् सकेको छैन्। नेपाली सेनाको टोली पुग्दै छ।

यसैबिच आजकाे निर्वाचन बारे प्रारम्भिक प्रतिक्रिया आउन थालेका छन अहिलेसम्म ४५% मात्रै भाेट खस्दा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताए । उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए । 

उनले भने, ‘मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । 

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बितेका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन् ।  उनले भनिन्, ‘मतदानलाई हेर्दा सुरुदेखि नै मतदाता कम उत्साहित रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरूको संख्या पातलो छ । पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’

पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार