logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन् माओवादीबाट निर्वाचित ८ अनुहार


  • राजनीति
  • बिहिबार, मंसिर ८ २०७९

सत्तारूढ दल नेकपा माओवादी केन्द्रलाई यसपटकको निर्वाचनमा जनताले अनपेक्षित जाेडघटाउमा पुगाइदिए । सत्ता राजनीतिमा कहिले मूल शक्ति त कहिले निर्णायक शक्तिका रूपमा रहँदै आएको माओवादी केन्द्र यो निर्वाचनबाट उक्त हैसियत गुमाउने सम्भावना देखिएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएदेखि निरन्तर संसदीय अंकगणितका कारण सत्ताको केन्द्रमा रहन सफल माओवादी यसपटक तेस्रो, तर निर्णायक शक्ति बन्न चाहन्थ्यो । तर घण्टी चिह्न लिएर प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक नतिजा निकाल्दा माओवादी केन्द्रले निर्णायक हैसियत गुमाउने सम्भावना देखिएको छ ।

अहिलेसम्म प्राप्त नतिजाका आधारमा प्रत्यक्षमा कांग्रेसले २८सिटमा जित हासिल गरेर २६ सिटमा अग्रता लिइरहेको छ । एमाले १७ सिटमा जित निकाल्दै २९ सिटमा अग्रता लिइरहेको छ भने माओवादीले ८ सिटमा जित निकाल्दै ९ वटा सिटमा अग्रता लिइरहेको छ ।

त्यस्तै समानुपातिक तर्फको प्रारम्भिक मत परिणामअनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस ३० हजार मतले पछाडि छ । बुधबार साँझसम्म एमालेको ५ लाख २३ हजार ७७५ मत पाउँदा कांग्रेसले ४ लाख ८४ हजार ३६४ मत पाएको छ ।

रास्वपाले २ लाख ६८ हजार ३५९ मत पाउँदा माओवादी केन्द्रले २ लाख ४१ हजार ५०५ मत पाएको छ । समानुपातिकतर्फ रास्वपाले ल्याएको मत परिणामले माओवादीको निर्णायक शक्ति बन्ने सम्भावनालाई झनै कमजोर बनाउने देखिन्छ ।

हेर्नुस् माओवादीबाट निर्वाचन ८ उम्मेदवार कस्ले कति भाेट पाए
१. पुर्ण बहादुर घर्ती माओवादी केन्द्र पुर्वी रुकुम -१
विजयी  (१२२६२)
कैलास कुमार मल्ल
एमाले
उपविजेता (५२११)

२. माधव सापकोटा सिन्धुपाल्चोक – १
माओवादी केन्द्र
विजयी (३०३७४)
सरेश नेपाल
नेकपा एमाले
उपविजेता (२७०१८)

३. देवेन्द्र पाैडेल  बाग्लुङ – २
माओवादी केन्द्र
विजयी  (२४७७९)
मञ्जु शर्मा
नेकपा एमाले
उपविजेता (२०१८०)

४. लेखनाथ दाहाल सिन्धुलि – २
माओवादी केन्द्र
विजयी  (२७५१७)
मनाेज जंग थापा
नेकपा एमाले
उपविजेता  (२१६८७)

५. बर्षमान पुन राेल्पा – १

माओवादी केन्द्र
विजयी (४१७१४)
पुर्ण बुढामगर
नेकपा एमाले
उपविजेता (१६४८५)
६. रेखा शर्मा दाङ – १
माओवादी केन्द्र
विजयी (२६८७७)
शंकर पाेखरेल
नेकपा एमाले
उपविजेता (२६६८०)

७. पुष्पकमल दाहाल  (प्रचण्ड) गाेरखा

माओवादी केन्द्र
विजयी (२६१०३)
कविन्द्र बुर्लाकाेटी
राष्ट्रिय स्वतन्त्र पार्टी
उपविजेता (१२६३७)

८. शक्ति बहादुर बस्नेत जाजरकोट -१
नेकपा माओवादी केन्द्र
बिजयी (३४१५१)

निरज प्रसाद आचार्य
नेकपा एमाले
उपविजेता (२५१२०)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार