logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन जमानत जफत भएका ४ चर्चित अनुहार


  • राजनीति
  • बिहिबार, मंसिर ८ २०७९

हालसम्मको मत परिणाम अनुसार चर्चित ४ जना उम्मेदवार काे जमानत जफत भएको छ ।   निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् ।

यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरे ।  सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

०७४ को निर्वाचनमा यही क्षेत्रबाट मानन्धर विजयी भएका थिए । त्यसबेला उनले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए । यसपटक पनि एमालेबाटै टिकटमा दाबेदार थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले जम्मा एक हजार २१५ मत प्राप्त गरे ।

जसपाका उम्मेदवार श्रेष्ठ ०७४ मा भने समानुपातिक तर्फबाट सांसद बनेका थिए । यसपटक प्रत्यक्षमा लडेका उनले पनि जमानत जोगाउन सकेनन् । श्रेष्ठले दुई हजार ४६१ मत प्राप्त गरे ।

साझा पार्टी नेपालका मिलन पाण्डेको जमानत जफत भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डेको जमानत जफत भएको हो ।

यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५.५ प्रतिशत मत प्राप्त गरे । सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

यस्तै  प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार