राजनीति
चुनावकाे नतिजा आउदै गर्दा नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले एमालेकै नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् ।
उनले सरकार गठनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग पनि छलफल अघि बढाउन बताए ।
उनले भने,‘सरकार गठनको लागि एमालले पहल लिन्छ, अध्यक्ष कमरेडले माओवादि र समाजवादीका अध्यक्ष संगकुरा गर्नु हुन्छ ।
उनले अहिलेको निर्वाचनले पनि वामपन्थीहरु मिल्नुपर्ने सन्देश दिएको सुनाए ।
पछिल्लो मतपरिणामअनुसार एमाले समानुपातिकतर्फ पहिलो शक्तिको रुपमा अघि बढेको छ ।
प्रत्यक्षतर्फ पनि एमाले र कांग्रेसबीच कडा टक्कर छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने खुम्चिएका छन् ।
०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । र, पछि दुई दलबीच एकता भएर नेकपाको सरकार गठन भएको थियो ।
उनले सरकार गठनको लागि ओलीले प्रचण्ड र माधव नेपालसँग पनि कुरा गर्ने बताए ।