logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अब सांसद खरिद बिक्रि सुरु हुन्छ : ओली


  • राजनीति
  • शुक्रबार, मंसिर ९ २०७९

झापाबाट दाेब्बर मतले निर्वाचित भए लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको सरकार बनाउन गाह्रो हुने बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

देशभरिको परिणाम हेर्दा संसद्मा सरकार बनाउन गाह्रो हुन्छ,’ उनले भने, ‘सरकार बनाए पनि त्यसलाई टिकाउन झन् गाह्रो हुने भयो।’ 

अबको सरकार मिलीजुली सरकार बनाउनेतिर देश गएको बताउँदै उनले भने, ‘अब हरेक सांसदको भाउ बढ्नेभयो। देशको राजनीति एक दुई महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार