logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन ७ राष्ट्रिय दल, कस्ले कति भाेट र सिट जिते ? हेर्नुस्


  • राजनीति
  • मंगलबार, मंसिर २० २०७९

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार सात राजनीतिक दल राष्ट्रिय पार्टी बनेका छन् । 

आयोगले समानुपातिक मत परिणाम अनुसार तीन प्रतिशत मत कटाउने दललाई राष्ट्रिय मान्यता दिँदा सात दलले मात्र आयोगले निर्धारण गरेको थ्रेस होल्ड कटाएका हुन् । आयोगका अनुसार थ्रेस होल्ड काट्न ३ लाख १६ हजार ८०२ मत चाहिन्छ ।

जस अन्तर्गत नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको छ। दोस्रो नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मतसहित थ्रेस होल्ड कटाएको छ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्नबाट बञ्चित भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगले तोकेको थ्रेस होल्ड कटाउन १८ हजार ४११ मत पुर्याउन सकेन ।  

थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत चाहिनेमा नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार