logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यी हुन् सिके राउतकाे पार्टीबाट ५ जना समानुपातिक सांसद, हेर्नुस् (नामसहित)


  • राजनीति
  • बिहिबार, मंसिर २२ २०७९

सिके राउत जनमत पार्टीले आफ्नाे तर्फबाट समानुपातिकमा परेका ५ जनाकाे नाम टुंगो लगाएकाे छ भने साे दलले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।

जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार