logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

देउवाकी श्रीमती सहित कांग्रेसबाट ३२ जना समानुपातिक सांसद, काे काे परे हेर्नुस् नामसहित


  • राजनीति
  • शनिबार, मंसिर २४ २०७९

?????????????????????????????????????????????????????????

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ पाएको सिटअनुसार ३२ जनै सांसदको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहमति हुन नसकेपछि बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका ३२ जनै सांसदको नाम टुँगो लगाएको हो । पुरुषतर्फ जीवन परियार (दलितबाट), विमलेन्द्र निधि (मधेसीबाट) र खसआर्यबाट डा. प्रकाशरण महतको नाम आयोगमा सिफारिश भएको छ ।

महिलातर्फ खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन्। आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् भने मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नाम सिफारिश भएको छ । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतको नाम आयोगसमक्ष सिफारिश भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार