logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

घनश्याम भुसाल र प्रभु शाहलाई एमालेले गर्याे कार्वाही !


  • राजनीति
  • शनिबार, मंसिर २४ २०७९

नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरेको छ ।

शनिबारको पार्टी सचिवालय बैठकले शाह र भुसाललाई स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले दुई जनालाई कारबाही गरिएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै केन्द्रीय कमिटीका सदस्य उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार