logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

क्रान्तिकारी पत्रकार संगठनको कार्यसमिति चयन , डिल्ली रावतको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति


  • राजनीति
  • बिहिबार, असोज ११ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको नया केन्द्रिय कार्यसमिति चयन भएको छ । गत बैशाख १५, १६ र १७ भक्तपुरको नगरकोटमा भएको तेस्रो राष्ट्रिय सम्मेलन भए पनि पदाधिकारीको टुंगो लागेको थिएन । सम्मेलन बाट निर्वाचित केन्द्रीय सदस्यहरूको आज काठमाडौंमा भएको प्रथम पूर्ण केन्द्रीय समिति बैठकले डिल्लीराज रावतको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति सर्वसहमतिबाट चयन गरेको छ ।

जसको उपाध्यक्षमा दिपबहादुर घर्ती, जन्मदेव जैसी, महासचिवमा बाबुराम भुसाल, कोषाध्यक्षमा तिलक अधिकारी र सचिवमा जीवन हमाल, बैकुण्ठ गिरी, उन्नती चौधरी, रूपेन्द्र ऐडी, धनन्जय बुढा, राजेन्द्र अधिकारी, साहस भट्ट, राजकुमार मर्हजन सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी केन्द्रीय सदस्यमा दाङबाट सन्तोषकुमार गुप्ता, जङ्ग रेउले र बिदुर एमसी पनि निर्वाचित भएका छ्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार