राजनीति
सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवा पक्षको बर्चश्व देखिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद निर्वाचित हुँदा हालको समीकरणले संसदीय दलको नेतामा देउवाले बहुमत सांसदको समर्थन पाउने देखिन्छ । पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि लगायतको साथ पाउँदा देउवाले ६३ जना सांसदको समर्थन पाउने सम्भावना छ ।
पार्टीको संस्थापन पक्षबाट निर्विकल्प रुपमा संसदीय दलको नेताका लागि अगाडि आएका देउवालाई प्रधानमन्त्रीका आकांक्षी सिंह र कोइरालाको समर्थन रहने परिस्थिति बनेको छ । यता संस्थापन इतरबाट संसदीय दलको नेताको उम्मेदवार नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने अन्योल कायमै छ । संसदीय दलमा देउवासँग आफै भिड्ने शेखर कोइरालाको चाहना देखिन्छ । १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी बनेका कोइराला अहिले महामन्त्री थापाका लागि मैदान छाडेर पार्टीभित्र वैकल्पिक नेताको स्थान गुमाउने पक्षमा छैनन् । संसदीय दलमा थापालाई समर्थन गरेर जाँदा आफ्नो राजनीति संकटमा पर्ने कोइरालामा भय देखिन्छ ।
तर संसदीय दलमा थापाको आक्रामक तयारीले कोइराला अनिर्णयको बन्दी बनेका छन् । अहिलेसम्म गगनको पक्षमा नउभिएका उनी स्पष्ट ढंगले आफै पनि अगाडि आउने अवस्था छैन । कोइराला र थापाबीच पटक–पटक छलफल हुँदा पनि एक जनाको नाममा सहमति हुन सकेको छैन ।
संसदीय दलमा कोइरालाको साथ पाउनेमा महामन्त्री थापा आशावादी नै छन् । यता शेखर कोइरालालाई पनि आफ्नो पक्षमा उभ्याउने देउवाको प्रयास जारी छ । शेखर कोइरालासँग देउवा पक्षका नेताहरुको बाक्लो भेटघाट भइरहेको छ ।
भण्डारी र हृदयराम थानी सांसद बनेका छन् ।
यस्तै सञ्जयकुमार गौतम, सरिता प्रसाईं, प्रतिमा गौतम, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, राजु थापा, लीलादेवी बोखिम, सीता मिजार, दिक्पाल शाही, मैना रावल कार्की, मुक्तकुमारी यादव, विनाकुमारी थनेत र कुसुम थापामगर पनि संंस्थापन इतर निकट मानिन्छन् ।
यद्यपि देउवाविरुद्ध महामन्त्री थापा नै चुनाव लड्ने सम्भावना बलियो भएकाले केही तलमाथि हुन सक्ने सम्भवना पनि देखिन्छ । शेखर कोइरालाको समर्थन पाएर देउवाविरुद्ध मैदानमा आए थापाले ३७ जना सांसदको हिसाब गडबढ गरिदिने आकलन गरिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक सांसद बनेकाहरुको तस्वीर हेर्दा थापाले चुनाव जित्न सकस पर्ने देखिन्छ ।