logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हार अस्विकार गर्दै खनालले हाले सर्वोच्चमा रिट


  • राजनीति
  • मंगलबार, मंसिर २७ २०७९

गृह जिल्ला इलामबाट चुनाव लडेका पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दाएर गरेका छन् ।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट नेकपा ९एमाले० का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार