राजनीति
चुनावपछि प्रधानमन्त्री काे आश्वङपाएका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न पाउदेखीकाे बल बुद्धि प्रयाेग गरिरहादा यता वाम गठबन्धन बनाउन भन्दै नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको पहल थालेका छन् । सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै एमालेका नेताहरुले प्रचण्डलाई फकाउने प्रयास स्वरुप वाम गठबन्धन बनाउन जोडबल गरेका हुन् ।
प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् ।
यद्यपि संसदीय अंकगणितमा माओवादी तेस्रो (त्यसमा पनि संख्या कम) भएपछि प्रचण्डले सजिलै कांग्रेसको समर्थनमा प्रधानमन्त्री पाउन भने कठिन छ । त्यसैले प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट पार्न नेकपा एकीकृतसहितका विभिन्न साना दलका नेताहरुसँगको निरन्तर भेटघाट र लबिङमा छन् ।
प्रचण्ड माओवादीको ३२ सिटसहित एकीकृत समाजवादीको १० सिट, जसपाको १२ सिट, जनमत पार्टी ५ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट र प्रभु साह समुहको २ सिट आफ्नो पक्षमा पार्न लबिङमा रहेका हुन् । ती सबै दल तथा समूहका सांसदलाई आफ्नो पक्षमा पार्न प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लागिपरेको नेताहरुको भनाइ छ ।
पहिलो चरणमै प्रधानमन्त्री हुन नसके दोस्रो चरणमा थप सकस हुने बुझाइका साथ प्रचण्डले पहिला आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको बुझिएको छ ।