राजनीति
सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी फुटतिर गइरहेकाे छ । संगठनकाे राष्ट्रिय सम्मेलनमा हानाहान गरेकाे क्रान्तिकारी का नेताहरु अहिले निजी कलेजसंग माेटाे रकम असुली काे धन्दामा लागेको भन्दै एक अकर्कालाई कार्वाही काे माग गरिरहेका छन् । अखिल (क्रान्तकारी) सीटीईभीटी र पोखरा बिश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल (क्रान्तिकारी)का नेताहरुलाई कारवाहीको माग गरेका छन् ।
बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गर्दै सीटीईभीटी र पोखरा विश्वविद्यालय समिति संवद्ध नेताहरुले यस्तो माग गरेका हुन्।
हामी करप्सन गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा छौं । विश्वविद्यालयमा मौलाएको बेथितीविरुद्ध लामो समयदेखि आन्दोलरत पनि छौं । तर आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले मिडियामा संगठनका केही उपाध्यक्षहरुले गरेको मिडियाबाजीले संगठनलाई बदनाम गरेको हाम्रो ठहर छ’ सीटीईभीटी राष्ट्रिय कमिटी अध्यक्ष वीरेन्द्र विष्टले भने ।
केही दिनअघि उपाध्यक्षद्वय इन्द्र भूसाल र नारायण खनालले अखिल (क्रान्तिकारी) ले पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग बार्गेनिङ गरिरहेको प्रमाण भेटिएको सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।अखिल क्रान्तिकारीका अर्का उपाध्यक्ष मदन भट्टराईले अखिल (क्रान्तिकारी) ले बार्गेनिङ गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।
क्रान्तिकारी का उपाध्यक्षद्धय इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको बताएका थिए।
भुसाल र खनाल दुवैले संगठनले आधिकारिक रुपमै रकमको बार्गेनिङ गरेको सामाजिक सञ्जालमा लेखेका हुन् । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका खनालले आर्थिक चलखेल गरेर संगठनलाई बदनाम नगर्न पटक-पटक गराइएको ध्यानाकर्षण बेकार भएपछि सामाजिक सञ्जालमा लेख्न बाध्य भएको उल्लेख गरेका छन् ।
पोखरा विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिने र सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरिरहेको छ । पोखरा विश्वविद्यालयका रेक्टर दीपकबहादुर भण्डारीका अनुसार गत भदौमा सम्बन्धनका लागि आवेदन आह्वान गर्दा करिब १५० कलेजले आवेदन दिएका छन् । अब सम्बन्धन दिनका लागि प्रक्रिया अघि बढेको उनले बताए ।
विभिन्न संघ संगठनले विभिन्न माग राखेर तालाबन्दी गर्ने गर्नुभएको छ । तर ताला लगाएकै कारण, बार्गेनिङ गरेकै कारण हामीले रकम दिने भन्ने कुरा हुँदैन’ उनले भने । 