logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तनावमा देउवा, प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार !


  • राजनीति
  • बिहिबार, मंसिर २९ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी इतरकाे सरकार बनाउने तयारी गरेकाे समाचार बाहिरिदा यता एमाले अध्यक्ष केपी शर्मा ओलिले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न पटकपटक आफ्ना दुत मार्फत आग्रह गरिरहेका छन् । यस्तै निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन् ।

वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ ।

अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ ।

‘गठबन्धन छाड्न गाह्रो देखिएको छ। गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो । त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो । तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार