राजनीति
नेकपा एमाले सचिवालय बैठकबाट कार्वाही गरिएमा एमालेका प्रभावशाली युवा नेता माधव नेपाल ले नेतृत्व गरेकाे एकीकृत समाजवादीमा जाने आन्तरिक तयारी गरिरहेकाे स्राेतले दावी गरेकाे छ । एमाले परित्याग गरेर प्रतिनिधि सभामा रुपन्देही बाट स्वतन्त्र लडेका नेता भुसाल अहिले कुनै दल आबद्ध छैनन् । एमाले मा अर्का नेता प्रभु शाहले भने नयाँ दल बनाउने घाेषणा गरिसकेकाछन ।
केेहि दिन अघि मात्रै नेपाल निवास काेटेश्वर पुगेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपालसँग कुराकानी गरेका हुन्। नेकपाको अन्तरसंघर्ष र त्यसअघिदेखि माधव नेपाल समूहमा रहेका भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै रहेका थिए।
नेपालले पार्टी विभाजनका क्रममा साथ दिन जोड गरे पनि उनी एमालेमै रहने निर्णयमा पुगे। मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिए पनि पराजित भए।
चुनावी परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको थियाे । नेपाल स्रोतका अनुसार दुई नेताबीच भावी राजनीतिक यात्राबारे कुराकानी भएको थियाे ।