राजनीति
तत्कालीन नेकपाकाे बिभाजन पछि बनेकाे ५ दलिय गठबन्धन धरापमा परेकाे छ । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाकाे मतपरिणाम संग बदलिएको राजनीति अवस्था ले गठबन्धन संकटमा परेकाे देखिन्छ । गठबन्धनका कारण भरपुरफाइदा लिएकाे नेपाली कांग्रेस अहिले आफ्नै नेतृत्वमा कम्युनिस्ट घटकलाइ बाहिर राखेर सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेकाे छ ।
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै गोप्य सल्लाहमा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् ।
कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।
अहिले निर्वाचित मत परिणाम अनुसार अंकगणित अनुसार पनि सबै भन्दा ठुलाे दल बनेकाे नेपाली कांग्रेससंग ८९ सिट छ, यस्तै नयाँ दलकाे रुपमा उदाएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र दलसंग २० सिट छ, राप्रपाकाे १४ सिट, जनता समाजवादीकाे १२ सिके राउतकाे जनमत काे ६ सिट लाेसपाकाे ४ सिट र रेशम चाैधरीकाे नागरिक उनमुक्ति पार्टीको ३ सिट छ यस्तै केही स्वतन्त्र सांसदकाे हिसाब गर्दा कांग्रेसले आफ्नै नेतृत्वमा कम्युनिस्ट इतरकाे सरकार बनाउन आन्तरिक याेजना सहित छलफल अगाडि बढाएकाे देखिन्छ ।
निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांग्रेस नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांग्रेस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ ।
कांग्रेसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र आलोपालो गर्ने विषय अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् ।
विशेषगरी कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पुर्याइरहने हुँदा आम कांग्रेस कार्यकर्ताको चाहनाअनुसार माओवादीकेन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।