logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र प्रवक्ताका दुई धार !

राप्रपा र जसपामा पनि समस्या !


  • राजनीति
  • शनिबार, पुष २ २०७९

नयाँ सरकार गठनका लागि दलहरूबीच गृहकार्य भइरहेका बेला त्यसमा सहभागी हुने या नहुने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएका छन् ।

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन । तर रास्वपाका प्रवक्ता डा मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए ।

‘घोषणापत्रमा हामीले उठाएका मुद्दा सम्बोधन गर्न अन्य पार्टीले सहमति जनाए भने हामीले बाहिरै बसेर पनि नयाँ सरकारलाई समर्थन गर्न सक्छौं, सरकारमै सहभागी हुन पनि सक्छौं,’ प्रवक्ता ढकालले भने । सरकारमा जाने विषयमा सबै पक्षसँग औपचारिक अनौपचारिक कुराकानी भइरहेको उनले बताए ।

स्रोतका अनुसार सरकारमा सहभागी हुने र नहुने विषयलाई लिएर रास्वपामा दुई धार देखिएका छन् । एउटा धार वर्तमान सत्ता गठबन्धनको पक्षमा र अर्को धार सरकारमा नगई बाहिर बस्नुपर्छ भन्ने देखिएको छ । वर्तमान सत्ता गठबन्धनको पक्षमा देखिएका रास्वपाका केही सांसद यही गठबन्धनले बनाउने नयाँ सरकारमा जान इच्छुक देखिएको स्रोतको दाबी छ।

प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्ष ७ र समानुपातिक १३ गरी २० सांसद छन् । रास्वपा अध्यक्ष रवि लामिछानेले भने सरकारमा जानेनजाने विषयमा केही बोलेका छैनन् । उनी प्रवक्ता ढकाल भन्दा अलग धार अर्थात तत्कालै सरकारमा नगइहाल्ने मुडमा रहेकाे स्राेतकाे दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार