logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नाम निकालिदिने भन्दै लाखौं ठगेको आरोपमा दुइ बिद्यार्थी नेता गिरफ्तार


  • राजनीति
  • शनिबार, असोज १३ २०७५

नेपालका बिद्यार्थी संगठनहरु प्रति आम बिद्यार्थीको चासो चिन्ता र लगाव घटिरहेको छ । मुलत अहिले  बिद्यार्थी संगठनहरु बिचौलियाको काम गर्ने सस्था जस्ता हुदै गएको आम बिद्यार्थीको बुझाइ रहेको छ ।

यसैको पछिल्लो उदाहरणको रुपमा बि एस सि सिएस आई टिको प्रबेश परिक्षामा अमृत क्याम्पसमा भर्ना गर्दिन्छु भन्दै करिब् २० जना विद्यार्थीसङ्ग रु एक एक लाख लिएको कुरा बाहिर आएको छ् ।

स्रोतका अनुसार अस्कल क्याम्पसका नेता प्रबिण अधिकारी र् कमल राज जोशीले बि एस सि आई टि मा अस्कलमा भर्ना गर्दिन्छु भन्दै लिएका थिए । महेन्द्र रत्न क्याम्पस ताहाचलका अनेरास्वबियु अध्यक्ष लोकेन्द्र बोहरा नेतासङ्गको मिलोमतोमा प्रश्नपत्र आउट गरेका थिए ।

लोकेन्द्र बोहराले प्रश्नपत्र आउट गरी बिद्ध्यार्थिलाई प्रश्न पत्रको उतर दिने क्रममा प्रहरिले नियन्त्रण गर्न खोज्दा फरार भएका थिए ।

प्रश्नपत्र आउट गर्ने र पैसा लिने दुई जनालाइ प्रहरिले नियन्त्रणमा लिएर सिआईबीले अनुसन्धान थालेका छन । पक्राउ पर्नेमा अस्कलका नेता प्रबिण अधिकारी र् कमल राज जोशी रहेका छन । उनिहरुलाइ महेन्द्ररत्न क्याम्पस ताहचल बाट गिरफ्तार गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार