logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्त्री बन्दै रवि !


  • राजनीति
  • सोमबार, पुष ११ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना देखिएको छ ।

मन्त्रालय बागवण्डाका लागि चलिरहेको सत्तासाझेदार दलहरूको बैठकमा लामिछानेले सुरुदेखि नै उपप्रधानसहित गृहमन्त्रालय दावी गरिरहेका थिए ।

उपप्रधानसहित गृहमन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दावी रहेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले विकल्पमा परराष्ट्र मन्त्रालय रोजेकाले लामिछानेले गृह मन्त्रालय पाउने प्रवल सम्भावना भएको हो ।

सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले पनि लामिछानेले गृहमन्त्रालय पाउने करिब करिब निश्चित रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार