logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि बिरुद्ध शीतलनिवासमै नाराबाजी, ३ जना पक्राउ


  • राजनीति
  • सोमबार, पुष ११ २०७९

गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति भवन शीतल निवास अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नागरिकता विवादका बीच उप–प्रधान तथा गृहमन्त्रीमा नियुक्ति गरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् । राष्ट्रपति भवनमा शपथ ग्रहण चलिरहँदा नाराबाजी गरेपछि पक्राउ पर्नेहरू नेविसंघका कार्यकर्ता हुन् । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

पक्राउ पर्नेमा भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार