logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठक सकियाे, हेर्नुस् के के भए निर्णय


  • राजनीति
  • सोमबार, पुष ११ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको जटिलतालाई सुधार्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेकाे मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर ढंगले सुशासनतर्फ अघि बढ्ने बताएका हुन् ।

मन्त्रीपरिषकाे बैठकपछि बाेल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको बताए ।

यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् ।
पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । ‘जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कुरा त्यो हो । हाम्रो अगाडि र देशको अगाडि थुप्रै जटिलता र चुनौती छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदानमा जस्तो प्रकृतिको परिणाम देखिएको थियो त्यसलाई समेटेको छ । यो मन्त्रिपरिषदले र एउटा आशा जगाएको छ’, उनले भने, ‘हामीले पहिलो बैठक सक्यांै । यो बैठकमा पनि नेपालको अर्थतन्त्रको स्थिति जति जटिल र शान्तिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने प्रभावकारी उपायमा केन्द्रित भएर अगाडि बढेको छ ।’

सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यस्तै नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार