राजनीति
सरकारका मन्त्रीहरु घेराबन्दीमा परेको भन्दै सार्वजनिक रुपमा भाषणबाजी गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सरकार परिवर्तन हुने करिव करिव पक्का जस्तै भएको छ ।
नेकपा उच्च स्रोतका अनुसार सरकारका पछिल्ला कामकाज अत्यन्तै कमजोर ढंगले अगाडी बढेका कारण समेत सरकारको विकल्प खोज्न नेकपाका नेता माधव कुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाललाई फोन सम्पर्क गरेरै चियापानको आयोजना भएको हो । तर, चियापानमा केहि नेताहरु निस्के पनि उनीहरु बाँकी नेताहरुलाई कन्भिन्स गर्न निस्केको रहस्य खुल्न आएको छ ।
अमेरिकामा सम्पन्न ७३ संयुक्त राष्ट्र महासंघको महासभामा सम्बोधन गर्दै वाहवाही बटुलेका आेलीको भाषणको समेत खुलेरै विरोध सुरु भएको छ । नेपालको एक चर्चित ब्लग माइ संसारले प्रधानमन्त्री आेलीले अमेरिकामा गरेको भाषणको चिरफार गर्दै लेखेको छ, आेलीले स्क्रिनमा हेरेर पढ्दा समेत गलत शब्द उच्चारण गरेका छन् । Weather लाई Water यस्तै थुप्रै शब्दहरु गलत उच्चारण गरेर बेइजत गरेको भन्दै बंगलादेश र भारतको उदाहरण प्रस्तुत गरेको छ । जुन देशका प्रतिनीधिले भाषण आफ्नै देशको राष्ट्रभाषामा गरेका छन् ।
कट्टर राष्ट्रवादीको छवी बनाएका आेलीको नक्कली राष्ट्रवाद उदाङ्गिएको भन्दै सुरु भएको विरोध समेत नेकपाका उच्च तहका नेताहरुले सुरुवात गरेको स्रोतको दावी छ । सरकारलाई गिराउने खेलका रुपमा गरिएका यी हत्कण्डाले आेलीलाई अत्यन्तै तनावमा पारेको समेत स्रोतको दावी छ ।
अर्को कुरा नेता नेपालले आेलीलाई गम्भीर आरोप लगाउदै बोलेको कुराको समेत आेलीले अमेरिकाबाटै जवाफ दिदै म नेपाल आउँछु देश डुब्दैन भन्दै दिएको व्यङ्ग्यको वचाउ गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले एक ट्विट गर्दै नेता नेपाललाई दनक दिएपछि विवादले उग्र रुप लिएको हो ।
पत्नि सिता दाहालको उपचारार्थ सिंगापुरमा रहेका प्रचण्डले नेता नेपाललाई म छु हगाडी बढ्नुस भनेर बोली फुकाएपछि नेता नेपालको पारो तातेर प्रधानमन्त्री आेलीका विरुद्ध विभिन्न भाण गर्दै हिडेको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।
आउँदो फागुनसम्ममा प्रचण्ड प्रधानमन्त्री बन्ने तयारी थालेयता नेकपामा विभिन्न चर्काचर्की सुरु भएको जनाइन्छ । प्रचण्डले आफूलाई पार्टी अद्यक्षका रुपमा स्विकार गरे नेता नेपाललाई प्रधानमन्त्रीमा सघाउने संभावना बढेसंगै आेली सरकार गिराउन विदेशी शक्तिको समेत साथ रहेको स्रोतले जनाएको छ।
सामाजिक पत्र बाट