logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमाले र एसबिच एकता हुदै, माधवले दिए यस्तो वचन !


  • राजनीति
  • बुधबार, पुष १३ २०७९

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेसँग एकताका लागि सकारात्मक रहेको बताएका छन् ।

नेता बस्नेतले एकीकृत समाजवादी एमालेमै समाहित हुने गरी आन्तरिक रूपमा गृहकार्य चलिरहेको बताए । बस्नेतले आजै नेपालसँग भेट गरेका थिए ।

‘माधव कमरेड एमालेसँग एकताका लागि केपी कमरेडसँग छलफल गर्न सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘उहाँहरूबीचको परिणाममुखी वार्ताले सकारात्मक निष्कर्ष निकाल्न सक्छ ।’

दुई नेताबीचको भेटमा सहभागी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दुवै पार्टी मिलाउने प्रयास अघि बढिरहेको र आफूले पनि एकताकै सुझाब दिएको बताए ।

दुई पार्टी मिले एमाले संसद्को सबैभन्दा ठूलो दल बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार