logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रभु शाह माओवादीमा प्रवेश गर्दै !


  • राजनीति
  • बुधबार, पुष १३ २०७९

रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न लागि लबिङमा जुटेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थ गरेका नेता साह मन्त्री बन्ने दौडमा रहेका छन्।

माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साह कुन मन्त्रालय लिने बारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ। डेढ वर्ष अगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश परेका थिए।

गएको निर्वाचनमा उनी निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएपछि रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार