राजनीति
सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ ।
समाचार अनुसार भीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिन गरी बगैंचा व्यवस्थापनको काम गरेको हो । त्यो अहिले अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारभित्रै मुख्यसचिव बस्ने सरकारी आवास निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । हालसम्म बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख मात्रै बस्दै आएकोमा मुख्य सचिवलाई समेत राख्न ४ करोडको लागतमा आवास निर्माण गर्न लागिएको हो ।
अन्नपूर्ण पोष्ट बाट