logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

निर्मला पन्तको परिवारलाइ न्याय विप्लव नेतृत्वको नेकपाले दिने


  • राजनीति
  • बुधबार, असोज १७ २०७५

लामाे सयम बितिसक्दा पनि कंचनपुर हत्याकाण्डमा बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तका परिवारले न्याय नपाएपछि अब न्याय दिलाउने काम विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गर्ने भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तकाे बलात्कार गरेर हत्या गर्ने हत्यारालार्इ पत्ता लगार्इ कार्वाही गर्ने समेत उदघाेष गरेकाे छ । ४९ दिनकाे लामाे प्रहरी हिरासतपछि रिहा भएका नेकपाका प्रवक्ता प्रकाण्डले मंगलबार बेलुकी पत्रकारहरूका सामु यस्ताे उद्घाेष गरेका हुन् ।

घटना घटेकाे झण्डै तीन महिना पुग्नै लाग्दा पनि राज्यले यति सानाे घटनाकाे दाेषीलार्इ पत्ता लगाएर कार्वाही गर्न नसकेकाे भन्दै प्रकाण्डले अाक्राेश व्यक्त गरे । ‘नेपालकाे राज्य कतिसम्म निकम्मा र असफल छ भन्ने कुरा निर्मला पन्तकाे परिवारले अहिलेसम्म न्याय नपाउने अवस्थाले देखाइसक्याे ।’ प्रकाण्डले पत्रकारहरूका अगाडि भने ।

अाेली सरकार दाेषीहरूलार्इ संरक्षण गर्न लाग्दा अहिलेसम्म हत्यारा पत्ता नलागेकाे नेता प्रकाण्डकाे भनार्इ छ । अब अाफ्नाे पार्टीले निर्मलाका परिवारलार्इ जसरी पनि न्याय दिलाइछाड्ने संकल्प प्रकाण्डले गरे । ‘हामी निर्मलाका हत्यारालार्इ पत्ता लगाएर कार्वाही गरिछाड्छाैं र उनकाे परिवारलार्इ न्याय दिलाइछाड्ने छाैं ।’ प्रकाण्डले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार