logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रधानमन्त्री भारत जानुअघि नेपाल आउँदै चिनियाँ नेता


  • राजनीति
  • आइतबार, जेष्ठ १४ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि उत्तरी छिमेकी चीनबाट एकजना नेतासहितको प्रतिनिधिमण्डल आउने भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई सत्तारुढ नेकपा माओवादी केन्द्रको निमन्त्रणमा मंगलबार नेपाल आउन लागेका हुन्।

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले चिनियाँ नेता नेपाल आउन लागेको पुष्टि गरे। उनका अनुसार वाङ सियाओहुई माओवादी महासचिव देव गुरुङको निमन्त्रणामा आउन लागेका हुन्।

सिचुवान प्रान्तका सचिव सियाओहुई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको भूमिकामा पनि छन्।

नेता सियाओहुईले यअसघि सीपीसीको प्रोपोगान्डा विभागमा उपप्रमुखका रुपमा काम गरिसकेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङनिकट नेताका रुपमा चिनिन्छ।

यता प्रधानमन्त्री प्रचण्ड आगामी वैशाख १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्। उनले भारतमा रहँदा केही ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैछन्।

त्यसैगरी यो भ्रमणका क्रममा सीमा समस्या, नेपालका लागि नयाँ हवाइ रुटसहितका विषय पनि उठाइने भएको छ।

यसअघि गत जेठ ५ गते प्रतिनिधि सभाका पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष अग्नि सापकोटा चीन भ्रमणमा गएका छन्। उनी नेतृत्वको २० सदस्यीय टोली अहिले पनि चीनमै छ।

सापकोटा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन गएको थियो।

सापकोटाको प्रतिनिधिमण्डलले ल्हासा, बेइजिङ र सिहाङको अवलोकन भ्रमण गरिरहेको छ। सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री भारत निस्केको भोलिपल्ट अर्थात जेठ १८ गते काठमाडौं आइपुग्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार