राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्।
गत जेठ ५ देखि १८ सम्म चीनको भ्रमणमा रहेको पार्टी प्रतिनिधिमण्डको टोलीमार्फत प्रचण्डले सो सन्देश चीन पठाएका हुन्।
माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्याएको हो।
बिहीबार साँझ नेपाल आइपुगेको सो टोलीको भ्रमणबारे जानकारी दिँदै शुक्रबार उपाध्यक्ष सापकोटाले चीन भ्रमणको सन्देशबारे जानकारी गराएका हुन्।