राजनीति
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र पुर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
पुर्वबाल सेना तथा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्ट लगायतले तत्कालीन १० वर्षे जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड र बाबुरामविरुद्ध मुद्दा दर्ता गरेका हुन ।
विद्रोही पक्षका नेताहरूले आफुहरुलाई बालसेनाको रुपमा युद्धमा प्रयोग गेरेको तर विस्तृत शान्तिसम्झौता पछिका १६ वर्षसम्म पनि आफुहरुलाई न्याय दिलाउने कार्य नगरेको भन्दै निवेदकहरुले तत्काल आफूहरुलाई बालसेनाको पहिचान दिई परिपुरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारवाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।
मुद्दा दर्ता भएसंगै सर्वोच्च अदालतले जेठ ३० गते प्रारम्भिक सुनुवाइको लागी पेसी तोकेको छ ।