राजनीति
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बनेश्वरस्थित संसद भवनमा आज दिउँसो १:०० बैठक बोलाइएको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको टोली जेठ २० गते भारत भ्रमणबाट फर्किएपछि निरन्तर जारी रहेको बजेटमाथिको छलफल आइतबार सकिएको थियो ।
अर्थमन्त्री महतले आइतबार नै बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भनिए पनि प्रविधिक कारण देखाउदै सभामुख देवराज घिमिरेले आजका लागि बैठक सारेका हुन
।