राजनीति
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जारी रहेको छ ।
संसदीय सुनुवाइ समितिमा कार्कीको सुनुवाइ केही समय अघिदेखि सुरु भएको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन ।
बुधबार उजुरीकर्ता सँगको छलफल पछि समितिले बिहिवार सुनुवाइका लागि कार्कीलाई बोलाएको हो । कार्की केहि बेर अघि संसदीय समितिमा उपस्थित भएका हुन ।
सरकारले गएको बैशाख २५ गते नै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भए पनि संसदीय समिति गठन नहुँदा उनको सुनुवाइ रोकिएको हो ।
कार्कीले आफ्नो कार्ययोजना पेस गरेपछि संसदीय समितिका सदस्यले प्रश्न सोध्नेछन । समितिले कार्कीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ ।
कार्की हाल कायममुकायम प्रधानन्यायाधीश छन । उनी साउन १९ गतेदेखि अनिवार्य अवकाशमा जादैँछन ।