राजनीति
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी रहेको छ ।
समितिको बैठकमा कार्कीले बिहिवार पेस गरेको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीको विषयमा समितिका सदस्यहरुले प्रश्न सोध्ने क्रम जारी रहेको छ । प्रश्न सकिएपछि कार्कीले जवाफ दिनेछन ।
संसदीय समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार कार्की प्रधानन्यायाधीशमा नियुक्त हुने छन ।
गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्किलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।