राजनीति
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राजनैतिक दलहरुले भ्रष्टचारको आरोप लागेकाहरुलाई रक्षा गर्न नहुने बताएका छन ।
शनिवार काठमाडौंमा आयोजित शासन शासक नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै यस्ता घटनाहरुमा कुनै पनि दलहरुले आफ्नो पार्टीका नेताहरुलाई निर्दोष साबित गर्न नहुने बताएका छन । उनले आफ्नो पार्टीको नेता निर्दोष छ फसाउन खोजिदै छ भनेर कसैले भन्न नहुने बताए ।
उनले भने, “यो देशमा कानुन, अदालत र अख्तियार छ । तीनले भन्ने होकि तिम्रा दलका नेता निर्दोष छ लिएर गएर पार्टीको नेतृत्व गराउ । अथवा तिम्रो दलको नेता दोषि देखिनु भयो नख्खु जेलबाट भेट्न जाउ भन्ने कुरा कसले गर्छ भन्दा अदालतले गर्छ ।”
नक्कली भुटानी शरणार्थी प्रकरण्मा कागे्रस नेता बालकृष्ण खाँण एमाले नेता टोप बहादुर रायमाझीलाइ लागि पूर्पक्षका लागि शनिवार थुनामा पठाएको छ । निर्दोश नफस्ने र दोषि न उम्किउन भन्ने उदेश्य रहेको महामन्त्री शर्माको भनाई रहेको छ ।
उनले मुलुकको शासक र शासकिय संरचना सुधारका लागि राष्टपति दोहोर्याउन नहुने र प्रधानमन्त्री २ पटक भन्दा बढी बन्न नहुने बताए ।