राजनीति
नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहिवार दिउँसो २ बजे बस्ने गरी बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लगायत विभिन्न विषयमा छलफल हुनेछ ।
केहि जिल्लामा मात्रै केन्दित गरेर बजेट ल्याइएको भन्दै एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि जनाउनुको साथै संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिदैँ आएका छन् ।