राजनीति
जनता समाजवादी पार्टी (जसपा) पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
शनिबार बसेको केन्द्रिय समितिको बैठकले निर्वाचनमा अन्तर्घात गरेको आरोपमा पाँच जना नेतालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
निष्कासित हुनेहरुमा पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन रोइत र धर्मेन्द्र मरवैता रहेको जसपाले जनाएको छ ।
छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रिय नेताहरूलाई नसियत दिने निर्णय भएको छ । कार्वाहीको उपर चित नबुझे सम्बन्धित व्याक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने भनिएको छ ।
केन्द्रिय समितिको बैठकले विधानको मस्यौदालाई अनुमोदन गर्नुको साथै आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गने निर्णय समेत गरेको छ ।