logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुल्ला छ : गृहमन्त्री श्रेष्ठ


  • राजनीति
  • आइतबार, असार १० २०८०

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुल्ला रहेको बताएका छन् ।

आइतबार बजेटमाथि भएको छलफलकका क्रममा संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले तथ्य प्रमाणले भ्रष्टाचार र अनियमितता देखिए अरु प्रकरणलाई पनि नछोड्ने उनले बताए ।

उनले भने, “भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुल्ला छ । तथ्य प्रमाणले पुष्टि भए थप पनि तान्न्छि ।”

अरु यस्ता प्रकरणहरुको छानबिन हुन्छ कि हुन्न भन्ने प्रश्नमा उनले तथ्य र प्रमाणले अनियमितता र भ्रष्टाचार देखिएका छन् भने कुनै पनि प्रकरणलाई छुट नदिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार