logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अदालतको अपहेलना मुद्दामा सर्वाेच्चले माग्यो बालेन्द्रसँग लिखित जवाफ


  • राजनीति
  • मंगलबार, असार १२ २०८०

सर्वाेच्च अदालतले काठमाडौं महानगरपालीकाका मेयर बोलन्द्र शाहसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर बालेन्द्रविरुद्धको अदालतको अपहेलना मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाई गर्दै शाहसँग लिखित जवाफ माग गरेको हो । केही दिन अघि भारतीय चलचित्रलाई काठमाडौंमा प्रदर्शनमा रोक लगाउने मेयर शाहको निर्णय तत्काल कार्यान्वयन नगनू भनि उच्च अदालत पाटनले आदेश दिएको थियो ।

उच्च अदालतले यस्तो आदेश दिएपछि मेयर शाहले अदालत र नेपाल सरकार भारतको गुलामी गरेको आरोप लगाउँदै आफुले अदालतको आदेश नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्रि दिएका थिए ।

मेयर शाहको उक्त अभिव्यक्तिको अधिवक्ता वर्षा कुमारी झाले सर्वाेच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार