राजनीति
उपप्रधान एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाने भएका छन् । श्रेष्ठ आज राती ११ बजे चाइना साउर्दनको विमानबाट चीन भ्रमणमा जान लागेका हुन् ।
गृहमन्त्री श्रेष्ठ चीनमा आयोजना हुने व्यापार सम्बन्धी प्रदर्शनमा सहभागी हुन् त्यसतर्फ जान लागेका हुन् । उनको चीन भ्रमणको दौरानमा उच्च राजनीतिक भेटघाट हुने पनि बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको तयारी भैरहेको बेला माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जानुलाई निकै चासोका रुपमा हेरिएको छ ।
यस अघि पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाको नेतृत्वमा समेत माओवादी केन्द्रका नेताहरुको टोलीले चीन भ्रमण गरेका थिए ।