राजनीति
घोराही उपमहानगरपालीका– ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले) बाट निर्वाचित शाहले बजेटमा असन्तुष्टि जनाउँदै आज राजीनामा दिएका हुन् । नगरसभा चलिरहेकै समयमा शाहले नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाउँदै सभाहलबाट बाहिर निस्कीएका हुन् ।
उनले आफ्नै पार्टीबाट निर्वाचित मेयरले वडामा बजेट हाल्ने आश्वासन दिए पनि बजेट नै नहाल्दिएकाले पदमा बसिरहनु भन्दा राजीनामा नै दिनु उपुक्त ठानेर राजीनामा दिने निष्कर्षमा पुगको बताए ।
उनले गत वर्ष पनि बजेट ल्याउँदा असन्तुष्टि जनाउँदै फेसबुकबाट राजीनामा दिने घोषणा गरेका थिए । तर उनले त्यस बेला राजीनामा दिएका थिएनन् । उनले अहिले भने राजीनामा नै दिए ।