राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार नै निल्न खोज्नेहरु पक्राउ पर्न थालिसेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको बुधवार सदनमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले हाई प्रोफाइल व्यक्तिहरु कानून भन्दा माथिछन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठुलो कारबाही गरेको बताए ।
उनले भने, “उच्च पदस्थहरु र देशको एउटा वर्ग कानून भन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणीत हुँदै गएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धान सँगै अब लोकतन्त्रको सिर्भिसिङ र शुद्धिकरण सुरु भएको छ ।”
यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, “हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।”