logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सञ्चार क्षेत्रमा भएका विकृतिलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे


  • राजनीति
  • शनिबार, असार १६ २०८०

सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेकाले सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्विकार्य हुने नसक्ने बताए ।

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले सञ्चार माध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

सभामुखको भूमिका प्रभावकारी बनाउन, संसदलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा आफुले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बढि ध्यान दिइरहेको सभामुख घिमिरेको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार