राजनीति
उपसभामुख इन्दिरा राना मगरले संसदमा सभामुखको मात्रै फोटो राखिएको तर आफ्नो फोटो नराखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै संसदमा भित्र पस्ने बित्तिकै सभामुखको फोटो यत्रो (ठुलो) राखीएको छ तर उपसभामुखको फोटो छैन भन्दै असन्तुष्टि व्यक्त गरिन ।
उनले भनिन, “भित्र पस्नेबित्तिकै सम्माननिय सभामुखको यत्रो फोटो राख्नु भएको छ । उपसभामुखलाई वायस गरेजस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।”
आफुले केहि समय अघि सिंगापुरको संसदको भ्रमण गरेको र त्यहाँ सभामुखको फोटि विगतदेखी वर्तमान सम्म सबैको राखिएको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको उपसभामुख रानाले बताइन ।