logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मंसिर ८ को सर्वत्र चर्चा, विप्लव सम्बोधनको ब्यग्र प्रतीक्षा


  • राजनीति
  • मंगलबार, कार्तिक १३ २०७५

देश ब्यापी संगठनात्मक अभियान सकेको विप्लव नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । लामो समय देखि ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ उक्त्त कार्यक्रममा आउलान कि नआउलान भन्ने चासो सर्वत्र देखिएको छ । कतिपयले भूमिगत भैसकेको भएर प्रचार गरिएका नेता आफ्नै पार्टीको शक्ति प्रदर्शनमा खुलामञ्चमा देखिनेमा अहिले सम्म सामन्य अडकल्वाजी बाहेक तथ्य सार्वजनिक भएको छैन ।

मंसिर ८ को सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन ।

सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ , शुदर्शन , कंचन लगायत नेताहरुले सम्बोधन अमुर्त संकेत देखिएको भएता पनि नेपाली राजनीतिमा चासो र चर्चामा रहेका नेता विप्लव नै आउनेमा अझै टुंगो लागेको देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार